Logo

शालीनको मृत्युले मलाई दुःखी तुल्याएको छ, परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत्त अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको निधनले आफूलाई गम्भीर र दुःखी तुल्याएको बताएका छन् ।

उनले सो घट्नाको गहन छानबिन गरी सत्य, तथ्य पत्ता लगाउन आफूले गृहमन्त्रालयलाई निर्देशन पनि दिएको जनाएका छन् । उनले उक्त घट्नाको यथार्थ छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको विश्वास दिलाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।



प्रतिक्रिया दिनुहोस्