Logo

संघीय संसदका ६ वटा समितिका बैठक बस्दै



काठमाडौं, फागुन २० । संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् ।

जसअनुसार अहिले बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । त्यस्तै, दिउँसो ४ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्