Logo

गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाएरै छोड्ने प्रभु साहको अठोट



काठमाडौं, २० फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाएरै छोड्ने प्रतिबद्धता गरेका छन् । आजपाको मकवानपुर जिल्ला भेलाको अवसरमा गौर हत्याकाण्डमा निधन भएका राजन पोखरेल र गोविन्द अधिकारीका आमाहरु क्रमशः सिता पोखरेल र पार्वती अधिकारसँग साहले भेट गरेका छन् । सो क्रममा उनले आफूहरु न्यायको लागि नयाँ लडाईंमा रहेको भन्दै न्याय दिलाएरै छाड्ने अठोट व्यक्त गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

गौर हत्याकाण्डका महान शहिद राजन पोखरेलको ममतामयी आमा सिता पोखरेल र शहिद गोबिन्द अधिकारीको ममतामयी आमा पार्वती अधिकारी संग हेटौड़ामा भेटघाटको अवसर प्राप्त भयो । लामोकालदेखि न्यायको पर्खाईमा रहेकी आदरणीय आमाहरुलाई न्याय दिलाउने विश्वास सहित सम्मान गरियो ।



प्रतिक्रिया दिनुहोस्