Logo

टिआरसी विद्येयक टुँगो लगाउन कानून समितिको बैठक सुरू, कानूनमन्त्री गुरुङ उपस्थित्



काठमाडौं, २० फागुन । संक्रमणकालिन न्याय टुँगो लगाउनको लागि कानून, न्याय तथा मानवअधिकार समितिको बैठक सुरु भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भैरहेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी छन् । आज विहानमात्रै टिआरसी टुँगो लगाउने विषयमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन् । तीनै जना नेतासँगको भेटमा प्रधानमन्त्री दाहालले टिआरसी टुँगो लगाउनको लागि सहमति खोजेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot