Logo

माओवादीबाट पहिलो लटमा वर्षमान पुन मन्त्री बन्ने पक्का, अर्थ मन्त्रालयमा दाबी



काठमाडौं, २१ फागुन । आजै बिस्तार हुने नयाँ मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन मन्त्री बन्नेछन् । उनले अर्थ मन्त्रालयको नेतृत्व लिने बुझिएको छ । एमालेबाट भने पदम गिरी पहिलो लटमा मन्त्री बन्ने भएका छन् ।

एमाले सचिवालय बैठकले गिरीलाई पहिलो लटमा सरकारमा पठाउन लागेको हो । उता, जनता समाजवादी पार्टीबाट भने उपेन्द्र यादव नै पहिलो लटमा सरकारमा सहभागी हुने निश्चित् भएको छ । रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने निश्चित् भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्