काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने निर्णय लिएका छन् । दाहालको निर्णयबाट स्वयम माओवादी केन्द्रका नेताहरु आश्चर्यचकित छन् ।
तर, दाहालले भने कम्युनिष्ट पार्टीहरुबीच एकताको लागि आफूले गम्भीर पहल लिएको ब्रिफिङ गरेका छन् । बालुवाटारमा एमाले, माओवादी र रास्वपाका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् ।
सो छलफल मन्त्रालयमा भागबण्डा र मन्त्रालय नै टुँगो लगाउने विषयमा केन्द्रित छ । बालुवाटारमा नवीन समझदारी बन्दा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहाल हर्षित मुद्रामा देखिएका छन् ।