Logo

प्रधानमन्त्रीले बर्खास्त गर्नुअघि नै झण्डा छोपेर बाहिरिए कांग्रेसका मन्त्रीहरु



काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बसेको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए ।

देउवा निवास बुढानीलकण्ठमा बैठक बसेको हो । सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

आजै बिहान सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

र्बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आफूले चढ्ने सरकारी गाडीमा राखिएको राष्ट्रिय झन्डा छोपेर बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा एमालेसहितका दलको नयाँ गठबन्धन बनेको छ । त्यस विषयमा छलफल गर्न बसेको बैठकपछि कांग्रेस उपसभापति समेत रहेका मन्त्री गुरुङ गाडीको झन्डा छोपेर बाहिरिएका हुन् ।

कांग्रेसबाट बनेका मन्त्रीहरुलाई प्रचण्डले आजै बर्खास्त गर्ने र नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेपपछि उनीहरु झण्डा छोपेर बाहिरिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot