काठमाडौं, २१ फागुन । एमाले–माओवादी केन्द्रसहितको नयाँ बनेको गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।
मन्त्रालयको भागबण्डा टुँगो लगाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
त्यसको लागि उनले भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ राजनीतिक परिस्थितिबारे जानकारी गराएका छन् ।