Logo

सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, फागुन २२ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठक सत्ता परिवर्तनका कारण बस्न सकेको थिएन।

देउवाको निजी निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजे बस्ने बैठकमा कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

बैठकमा गठबन्धन भत्किनुका कारण, सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे लगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रुपमा सरकार चलिरहदा प्रधानमन्त्रीबाट भएको सत्तागठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको थियो । यस बिषयमा आवश्यक निर्णय लिन आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्