Logo

एकीकृत समाजवादीले नयाँ गठबन्धनलाई साथ दिने, तत्काल सरकारमा भने नजाने



काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजदवादी) ले एमाले–माओवादीसहित बनेको नयाँ गठबन्धनलाई साथ दिने भएको छ । पार्टीको सचिवालय बैठक बस्नुअघि अध्यक्ष माधव नेपालको निवासमा बसेको शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति बनेको हो ।

तर, नयाँ गठबन्धनको सरकारमा भने तत्काल नजाने आफूहरुको निर्णय रहेको सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । खनालले एमाले–माओवादी गठबन्धनभन्दापनि आफूहरुको लागि वामपन्थी एकताको विषय ठूलो भएको बताए । त्यसको लागि एमाले र माओवादी कसरी आउँछन् भन्ने विषय अझै पर्ख र हेरको अवस्था रहेको उनको भनाई छ ।

उनले एमालेसँग कार्यगत एकता गरेर पनि जान सकिने धारणा राखेका छन् । माधव नेपाल अहिले सत्ता राजनीतिको केन्द्रविन्दूमा छन् । हिजोमात्र प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कोटेश्वर पुगका थिए । आज विहान भने कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालसँग भेटेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्