Logo

सरकारमा जानेबारे निर्णय भएको छैन् : सोम प्रसाद पाण्डे



काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) तत्काल सरकारमा नजाने भएको छ । पार्टीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी तत्काल सरकारमा जाने निर्णय भएको छैन् । आलोचनात्मक रुपमा सहयोग गर्ने सहमति भएको छ ।’

उनले मन्त्रालयको पनि टुँगो नलागेको र आफुहरुका एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको धारणा लिएरमात्रै सरकारमा जाने वा नजानेबारे निर्णय लिने जनाए । अहिले अध्यक्ष माधवकुमार नेपाल महासचिव घनश्याम भुसााल र उपाध्यक्ष प्रमेश हमाललाई लिएर बालुवाटार छिरेका छन् । बालुवाटार जाँदा मन्त्रीहरुको नाम लिएर भने नगएको पाण्डेको दाबी छ ।

file photo



प्रतिक्रिया दिनुहोस्