Logo

उपेन्द्र यादवको प्रतिक्रिया : म कुनै पनि गठबन्धनमा छैन्, घरमा आराम गरिरहेको छु



काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू कुनैपनि गठबन्धनमा नरहेको स्पष्ट पारेका छन् । यसअघि एमाले–माओवादीसहितको नयाँ गठबन्धनमा सरिक भएका यादव दुई दिन बित्न पाउँदै एकाएक ब्याक भएको चर्चा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि समेटिएको छ । तर, यादव भने सरकारमा गएनन् ।

आजै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समाचार बाहिरिएको थियो । यादवले भने आफू कतैपनि नगएको दाबी गरे । उनले भने,‘हामी कुनैपनि गठबन्धनमा छैनौं । म त घरमै आराम गरेर बसेको छु ।’ file photo



प्रतिक्रिया दिनुहोस्