काठमाडौं, २३ फागुन । नवनियुक्त उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् । आज (बुधबार) शितलनिवासमा पद तथा गोपनियताको सपथ गरेपछि उपप्रधानमन्त्री महासेठले सिंहदरबारस्थित् कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयमा उनलाई कर्मचारीहरुले फूलामाला तथा टिका लगाएर स्वागत गरेका थिए ।
पदभार ग्रहण गरेलगत्तै मन्त्री महासेठले सडक आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्ने विश्वास दिलाए । यस्तै, उनले मुग्लिङ पोखरा सडक स्तरोन्नतिको काम एमाले सरकारकै पालामा भएको भन्दै अब उक्त आयोजनालगायत देशैभरका आयोजनाहरुलाई तीव्रताका साथ सम्पन्न गर्ने पनि विश्वास दिलाए ।
यो मन्त्रालयमा महासेठको दोस्रो ईनिङ्स हो । यसअघि पनि उनी नेकपाको शक्तिशाली सरकार हुँदा २२ महिना यो मन्त्रालयको नेतृत्वमा थिए । त्यतिवेला उनको नेतृत्वमा विकास निर्माणका कार्यले गति लिएका थिए ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम