Logo

प्रधानमन्त्री प्रचण्डलाई हामीले राजनीतिक बेइमान भनेकै हो : रमेश लेखक (भिडिओसहित)



काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक रुपमा धोका धकडीको राजनीति गरेको र अविश्वास पैदा गरेको कारणले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजनीतिक बेइमान भनेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लेखकले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गर्ने क्रममा कांग्रेसले आफूलाई बेइमान भनेर गरेको निर्णयबारे धारणा राखेका थिए । त्यसको जवाफ दिँदै लेखेकले भने–‘सम्माननीय प्रधानमन्त्रीज्यूले जे सुन्नुभएको हो, त्यो साँचो हो । हामीले राजनीतिक बेइमान भनेकै हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot