Logo

अहिलेका मन्त्रीहरुमाथि अनुसन्धान भए राजीनामा मागेर सदन अवरुद्ध गर्ने लेखकको चेतावनी (भिडिओसहित)



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरुमाथि कुनैपनि केशमा अनुसन्धान हुँदा विगतमा सदन अवरुद्ध भएको स्मरण गराउँदै अहिलेका मन्त्रीहरुमाथि पनि अनुसन्धान हुँदा आफूहरुले राजीनामा मागेर सदन अवरुद्ध गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा सांसद लेखकले यसअघिका मन्त्रीहरुमाथि अनुसन्धान हुँदा उनीहरुको राजीनामा मागेर एमाले र रास्वपाले सदन अवरुद्ध गरेको घट्ना स्मरण गराउँदै अहिलेका मन्त्रीहरुमाथि अनुसन्धान हुँदा आफूहरुले पनि सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

उनले भने,‘अहिले आएका मन्त्रीहरु कुनैपनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गरेको छु । यदि परेका छन् भने अनि त्यसपछि सदन के हुन्छ ? भन्ने जवाफ प्रधानमन्त्रीज्यूले दिँदा राम्रो हुन्छ । विगतमा कुनैपनि मन्त्रीका माथि अनुसन्धान प्रारम्भ भयो भने वा अनुसन्धान हुँदा त्यो मन्त्रीले राजीनामा दिनुपर्छ भनेर यहाँ सदन अवरुद्ध भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot