काठमाडौं, फागुन २५ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समृद्धि, सफलता, र सुखका साथमा सबै महिलाहरूलाई शक्ति र उत्साह पूर्ण जीवनको कामना गरेका छन् ।
आज पनि राष्ट्रको कतिपय ठाउमा महिलाहरु विभेद र हिंसाको सिकार हुन पगेकाले ठोस कानुन निर्माण गरि महिलाहरु माथी हुने विभेदको अन्त्य गर्न आवश्यक रहेको बताउँदै उनले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद्, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चवत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन् ।
उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिलाहरुले खेलेको अग्रणी भुमिकाको स्मरण समेत गरेका छन् । राज्यको हरेक निकायमा महिलाहरुलाइ अवसर दिनको लागि आवस्यक नीति निर्माण गरि अगि बढ्न सके राष्ट्र सम्मुनत हने उनको भनाई छ । कागजमा आरक्षणको कोटा मात्र राखेर महिलाहरुको सम्मान नहुँने बताउँदै उनले त्यसलाई व्यवहारमा कार्यन्वनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष पनि ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ ।