काठमाडौं, २५ फागुन । हरेक वर्ष महाशिवरात्रिको अवसरमा रौतहटको मौलापुरमा आयोजना गरिँदै आएको मधानी महोत्सव यसवर्ष भव्य र सभ्य भएको छ । महोत्सव भने आजबाट सुरु भएको छ । महोत्सवमा झण्डै ८ लाख भन्दा बढि मान्छेहरुको सहभागिता रहने जनाईएको छ ।
उक्त महोत्सवमा बलिउडका स्टार गोविन्दादेखि कलिउडका स्टार पल शाहसम्म सहभागी थिए । दुवै स्टारले आफ्नो प्रस्तुति दिएका थिए । पलले विभिन्न गीतमा नृत्य गरेका थिए भने गोविन्दाले आँफै गीत गाउनुको साथै पफर्मेन्स पनि दिए । महोसत्वमा नेपाली तथा भोजपुरी कलाकारहरुको भरिभराउ थियो ।
मौलापुर नगरपालिका आयोजक रहेको उक्त महोत्सव कार्यक्रमको सभापतित्वमा भने मेयर रेनु साहले गरेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि भने आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह थिए । मौलापुर नगरपालिका-५ पतौरास्थित् पूरातात्विक महादेव मन्दिरको प्राङ्गणमा आजबाट सुरु मधानी महोत्सवमा हजारौंको संख्यामा उपस्थिति दर्शक गोविन्दा, पल शाहदेखि प्रितीको प्रस्तुतिमा झुम्मिएका थिए । सुरक्षा व्यवस्था भने विगत वर्षभन्दा यसवर्ष व्यवस्थित् र मजबुद थियो ।
महोत्सवको अवसरमा आम जनता पार्टीनिकट महिला संगठन आम महिला मोर्चाले आज ८ मार्चमा (अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस) पनि ‘अन्तर्राष्ट्रिय नारी दिवसको तुल’ आकाशमा उड़ाएर मनाएको थियो । महोत्सवमा सहभागी कलाकारदेखि विभिन्न पाहुनाहरुलाई मेयर रेनु साह र प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साहले मायाको चिनोसहित सम्मान गरेका थिए ।