Logo

खानेपानी समस्या समाधान गर्न योजना बनाएरै काम गर्छुः मन्त्री राई



काठमाडौं, २६ फागुन । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् ।

गृह जिल्ला पुगेका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए ।

“नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot