Logo

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने, अन्य दलसँग छलफल खुला



काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । यसका लागि पार्टीभित्र छलफल सुरु भएको छ ।

आज (शनिबार) कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका थिए । उक्त बैठकमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको बताए । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका लागि अन्य दलहरुसँग पनि छलफल खुल्ला गरिएको बताए । अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने भने टुंगो लागिसकेको छैन ।

राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने र २९ गते मङ्गलबार मतदान हुने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot