Logo

नयाँ गठबन्धन बनाउने धन्दामा लागेको भन्दै देउवामाथि खनिए विश्वप्रकाश शर्मा



काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई नयाँ गठबन्धन बनाउने खेलमा लागेको भन्दै आक्रोश पोखेका छन् । उनले सभापति देउवालाई सरकार बनाउने धन्दामा नलाग्न चेतावनी नै दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य छोडेर एमालेसहितका दलसँग सहकार्य थालेपछि सभापति देउवाले वैकल्पिक गठबन्धन बनाउन कसरत गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको बाग्मती प्रदेशको चौथो प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कांग्रेस अब बलियो प्रतिपक्षको भूमिकामा बस्नुपर्ने र अहिले बनेको सरकारलाई काम गर्न दिनुपर्ने पनि बताए । उनले भने,‘हामीले सभापतिज्यूलाई भनेका छौं । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot