Logo

सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिको अध्यक्षमा राय चयन



बखतियार अलि–

सर्लाही २६ फागुन । देशकै सातौं स्थानमा रहेको सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समिति अध्यक्षमा नागेश्वर राय चयन भएका छन् । उनी सर्वसम्मत् रुपमा अध्यक्षमा चयन भएका हुन् । सर्लाही क्याम्पस मलंगवाको तेस्रो साधारण सभाबाट राय सञ्चालक समिति अध्यक्षमा चयन भएको हो ।

संघीय सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा सुरू भएको तेस्रो साधारण सभामा प्रदेश सांसद कौशलकिसोर राय याद, मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव बिशिस्ट अतिथिको रूपमा सभामा उपस्थित रहेका थिए । संचालक समिति अध्यक्ष पदका लागि जम्मा तीन जनाको नाम प्रस्तावित भएको थियो ।

रामबाबु साह, नागेश्वर राय तथा रामदेव ठाकुर प्रस्तावित उमेदवार रहेकोमा बाँकी दुईजना उम्मेद्वारले नागेश्वर रायलाई समर्थन गरिदिएपछि राय सहमतिले संचालक समिति अध्यक्षमा मनोनित भएका थिए । पुर्ब संचालक समिति अध्यक्ष रामस्वरुपराय यादवको निधन भएपश्चात् केही समयदेखि सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

सञ्चालक समितिका अध्यक्ष नहँुदा क्याम्पस संचालनमा समस्या हुँदै आएको सर्लाही क्याम्पस प्रमुख राजेश यादवले बताए । संघीय सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवको विशेष सहयोग तथा पहलमा संचालक समितिका अध्यक्ष चयन भएपछि अब क्याम्पस सञ्चालन गर्न सहज हुने प्रमुख रायले बताए ।

सञ्चालक समितिका अध्यक्ष पदमा चयन भएका नागेश्वर रायले भने देश भरिमा आफनो पहिचान बनाउन सफल सर्लाही क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाएर देखाउनेछु, आफु यश पदमा रहँदासम्म क्याम्पसको पैसाले चिया पनि नखाने वहाले प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्