Logo

प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने भएपछि मन्त्री चौधरी अमेरिका जानबाट रोकिईन्



काठमाडौं, २७ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमणमा नजाने भएकी छिन् । यसअघि मन्त्रीको सपथ खाएर पदभार गरेलगत्तै अमेरिका भ्रमणमा जानेगरि उनको तयारी थियो ।

मन्त्रिपरिषद् बैठकले समेत उनको अमेरिका भ्रमण स्विकृत गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले यही फागुन ३० गते विश्वासको मत लिने तयारी गरेपछि उनी अमेरिका जानबाट रोकिएकी हुन् । मन्त्रीले नेतृत्व गरेर जाने भनिएको नेपाली प्रतिनिधिहरुको नेतृत्व अब सो मन्त्रालयका सचिवले गर्नेछन् ।

अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कमिसन अन स्ट्याटस अफ वुमन’ को ६८ औं सत्रमा सहभागी हुनको लागि नेपालबाट २० जनाभन्दा बढिको जम्बो टोली त्यसतर्फ जान लागेको हो । file photo



प्रतिक्रिया दिनुहोस्