Logo

सांसद शर्माद्वारा चिचिरी (गेन्द्रो) दिवसको उद्घाटन



काठमाडौं, फागुन २७ । मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्माले पूर्वी नेपालमा बसोवास गर्दै आएका धिमाल जातिहरुको लागि आवश्यक सहयोग गर्ने बताएका छन् । शनिबार मोरङको पथरी शनिश्चरेमा धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समितिले आयोजनामगरेको चौथो चिचिरी (गेन्द्रो) दिवसको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

अघिल्लो वर्ष झैँ यस वर्ष पनि धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिले पथरीमा धिमाल जातिका मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धनका लागि चिचिरी (गेन्द्रो) दिवसको आयोजना गरेको छ । पथरी शनिश्चरेको शान्ति भुल्के सिमसार तथा पर्यटकीय स्थलमा साँस्कृति, मौलिकता र स्वस्थ खाना भन्ने नाराका साथ आयोजना गरिएको धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष तथा कार्यक्रम संयोजक केदार धिमालले बताए।

उनले धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका विभिन्न लोपन्मुख मौलिक परिकारहरुका स्टलहरु मात्रै राखिएको जनाए। सो दिवस यसअघि दमकमा पहिलो, उर्लाबारीमा दोस्रो र बेलबारीमा तेस्रो संस्करण सम्पन्न भएको थियो भने आगामी र्बर्ष लेटाङ्ग नगरपालिकाले आतिथ्यतामा गर्ने लेटाङ्ग नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीले बताए । उक्त कार्यक्रममा लोकप्रिय गायिका रचना रिमालका साथै स्थानिय कलाकारहरुको प्रस्तुति दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्