Logo

मुख्यमन्त्री बन्न हतारिएका खगराजले दिए मुख्यमन्त्री पाण्डेलाई यस्तो चेतावनी



गण्डकी, २८ फागुन : नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको जानकारी दिए । एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार खगराज अधिकारीले पनि सार्वजनिक रुपमै दीर्घकालिन असर गर्ने निर्णय नलिन आग्रह गरेका छन् ।

“सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ”, उनले भने । बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निर्णय बैठकले गरेको प्रमुख सचेतक नेपालीले बताए । file photo

नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि पनि पुष १० गतेको एमाले–माओवादीको समिकरण हुँदा गण्डकीको मुख्यमन्त्रीमा अधिकारी नै थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot