काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतको विपक्षमा मत हाल्न अपिल गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिनको लागि आजै ह्वीप जारी गरेका छन् । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै कांग्रेस सचेतक लेखकले आफ्ना सांसदहरुलाई विश्वासको मत नदिनको लागि ह्वीप जारी गरेका हुन् । नेपाली कांग्रेसले दाहाललाई विश्वासको मत लिन नदिनको लागि हरसम्भव प्रयास गर्ने भनेर तयारी थालेको छ । file photo