Logo

प्रचण्डलक्षित शशांक कोइरालाको टिप्पणी : बेइमानीको राजनीति धेरै समय टिक्दैन



मध्यविन्दु (नवलपरासी), २८ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरेर बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाएका हुन् ।

“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भने । गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot