काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा कूल ५६ जना सांसद उपस्थित थिए । शर्माको पक्षमा १७ जनाले मत व्यक्त गरे भने हुन्न भन्ने पक्षमा ३९ जनाले मतदान गरेका छन् ।
शर्मा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार बनेका थिए । यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरेपनि बहुमत नपाउने निश्चित भएपछि शर्मालाई अगाडि सारिएको थियो ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। नेपालगन्ज उपमहानगरपालिका–२ का ७३ वर्षीय युवराज शर्मा २०४५ देखि २०४९ सालसम्म कांग्रेस, बाँकेको सभापति रहेका थिए। २०७८ पुसमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका शर्माको पदावधि चार वर्ष बाँकी छ ।