काठमाडौं, फागुन ३० । लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन भएको छ । सिरहा गोलबजार नगरपालिका–६ खरहीटोलका यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो ।
यादव पछिल्लो समय पक्षघातबाट पिडित थिए । २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका यादव २०४६ सालपछि पूर्णकालिन राजनीतिमा आएका थिए । २०४६ सालसम्म उनी शिक्षक पेशामा थिए ।
उनलाई मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । २०७८ साउन १२ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।