Logo

कांग्रेसलाई ओलीको प्रश्न : पोहोर प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्नुभयो, अहिले चाहीँ किन नगर्ने भन्या ?



काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीमाथि विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘पोहो साल मैले प्रस्ताव गरेर पुष्पकमल दाहालज्यूलाई प्रधानमन्त्री बनाएको थिएँ, नेपाली कांग्रेस भोट नै नमागिकन हौसिएर, हत्तारिएर, उत्साही भएर नयाँ ब्याट्री हालेजस्तो थियो । समर्थन गरेको थियो, अहिले चाहीँ किन समर्थन नगर्ने ?’ उनले नेपालका सबै दलहरु मिलेर ठूला ठूला काम गरेको सुनाए । तर, राम्रा कामको जस कांग्रेसले अरुलाई नदिएको ओलीको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot