काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिमा सबैलाई धोका नभएर सबैको भलाई गरेको दाबी गरेका छन् । प्रतिनिधिसभामा आफूमाथि विश्वासको मत माग्दा राखेको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई बरु सबैले धन्यवाद दिनुपर्ने बताएका हुन् ।
उनले भने,‘यहाँ भएका सबै राजनीतिक दलहरु, ठूला तथा साना सबैले माओवादी केन्द्र र प्रचण्डलाई धन्यवाद दिनुपर्छ ठान्छु । पटक पटक भलाई गरेको छ । आफूले त्याग गरेर पनि भलाई गरेको छ । धोकेबाज भन्नुहुन्छ तपाईँहरु ?’
उनले आफूमाथि धोकेबाज भनेर लगाईएको आरोप स्विकार्य नरहेको बताए । उनले कांग्रेसभित्रको एकता सुदृढ होस भनेर पनि भनेका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal