Logo

गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माण



धरान, ३० फागुन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गल्फ कोर्षमा ‘ड्राइभिङ रेन्ज र पार्किङस्थल’ निर्माण गरिएको छ ।

धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेन्ज र पार्किङको बुधवार नेपाली सेनाको पूर्वी पृतनापति उपरथी डा. आश बहादुर तामाङले उद्घाटन गरे । नेपाली सेनालाई जनतासँग जोड्ने नीति अनुरुप ड्राइभिङ रेन्ज र पार्किङ निर्माण गरिएको बताउँदै पृतनापति डा।तामाङले भने, “शारीरिक तथा मानसिक तनाव कम गर्नका लागि पनि खेलकुदमा लाग्नुपर्छ ।”

उनले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा यसरी नै नेपाली सेनाले सहयोग र सहकार्य गर्ने बताउँदै ड्राइभिङ सीप पनि प्रस्तुत गरेका थिए । गल्फ कोर्सभित्र आठ लेनको ड्राइभिङ रेन्ज, कार पार्किङ र स्टोरको निर्माण गरिएको क्लबका उपाध्यक्ष हरि राईले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्