Logo

संविधान बनाउनेहरुले अब माफी माग्नुपर्छ : प्रभु साह (भिडिओसहित)



काठमाडौं, ३० फागुन । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिलेको संविधान नै असफल भएको दाबी गर्दै यो संविधान बनाउनेहरुले माफी माग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको प्रस्तावमा भाग लिने क्रममा सांसद साहले यस्तो माग गरेका हुन् । उनले नेपालको संविधान २०७२ लाई छद्यमभेषी र ठग्ने भाँडोको संज्ञा दिए ।

उनले संविधानमा हेर्दा सबै कुरा भएरपनि केहीपनि नभएको दाबी गरे । उनले संविधानमा स्वतन्त्रतादेखि निरंकुशता, समाजवाददेखि पुँजीवादसम्म रहेको टिप्पणी गरे । संविधान बनाउनेहरुले अब गल्ती भएको भनेर माफी माग्नुपर्ने बेला आएको साहको भनाई छ । उनले अहिलेको व्यवस्था नै गलत दिशामा अघि बढेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्