Logo

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिद्वारा पदभार ग्रहण



काठमाडौं, चैत १ । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशर सिंह रानाले पदभार ग्रहण गरेका छन् । प्रा. डा.रानाले मंगलबार एक कार्यक्रमका बीच विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पत्रकार लगायतको उपस्थितिमा वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले हाल मध्यपश्चिम विश्वविद्यालयकाको उपकुलपति पद रिक्त भई पदपूर्तिको प्रक्रियामा रहेकोले प्रा. डा. रानालाई सो पदपूर्ति नभएसम्म दैनिक कार्य संचालन गर्न तिन महिनाका लागि उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

पदभारग्रहण पश्चात आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उपकुलपति प्रा. डा. रानाले सरोकारवाला सवै पक्षलाई साथमा लिएर विश्वविद्यालयको हितमा शैक्षिक प्रशासनिक गतिविधिहरु संचालन गर्ने बताए । विभिन्न प्राध्यापक, कर्मचारी एवं विद्यार्थी संघरसंगठनहरुद्वारा विगत छ महिनादेखि केन्द्रीय कार्यालयमा लगाइएको तालावन्दी खोलेर विश्वविद्यालयको नियमित शैक्षिक प्रशासनिक कामकाजमा सहजता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा आफू सवै पक्षको रचनात्मक सल्लाह सुझाव वमोजिम प्रशासक भन्दा पनि अभिभावकको हैसियतमा अघि वड्ने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्