काठमाडौं, चैत १ । राप्रपा नेपालले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी, भ्रष्ट व्यवस्थाको अन्त्य, मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन आज दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अवस्थाप्रति गुनासो र चिन्ता बढ्दो क्रममा रहेको जनाउँदै परिवर्तनको निम्ति आजैबाट पहिलो कदम चाल्न लागेको समाजिक सञ्जालबाट जानकारी गराएका छन् ।