Logo

भारत र चीनमा कर कम हुँदापनि विकास बढि छ, तर नेपालमा कर बढि अनि विकास कम छ : प्रभु साह



काठमाडौं, १ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपालको तुलनामा छिमेकी देशहरुमा उपभोग्य वस्तुको मूल्य सस्तो रहेको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘जब हामी ईण्डिया जान्छौं, नेपालको तुलनामा सामान सस्तो पाईन्छ । यता, चीन जान्छौं त्यही सामान नेपालको तुलनामा त्यता सस्तो पाईन्छ । जब हामी नेपालीहरुले बढि ट्याक्स दिन्छौ, यहाँ विकास पनि बढि हुनुपर्ने हो । हाम्रै छिमेकी देशहरु भारत र चीनमा कर कम लिँदापनि विकास बढि भैरहेको छ । यत्रो ठूलो जनसंख्या र भूभाग भएका देशहरु कम ट्याक्स लिएर बढि विकसा गरिरहेका छन्, तर हामी बढि ट्याक्स लिएर विकास कम गरेका छौं । यसको समिक्षा गर्ने कि नगर्ने ?’

उनले नेपालको नेतृत्व भ्रष्ट रहेको र राजश्व नीति नै लुटकारी रहेको आरोप लगाए । अहिले जनता महँगी र दोहोरो करको मारमा रहेको उनको आरोप छ । उनले नेपाल प्राकृतिक रुपमा पनि धनी रहेको बताए ।

तर, नेपाल विकासमा पछि परेको उनको गुनासो छ । साहले नेपाल जुन चिजमा धनी भएको हो त्यसकै उत्पादन महँगो भएको भन्दै उखुको उदाहरण दिए ।

नेपाल उखुको भण्डारको देश भएपनि यहाँ चिनीको मूल्य महँगो रहेको र वनको देश भएर विदेशी काठ आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । उनले राज्य के को लागि हो ? भनेर प्रश्नसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्