Logo

अमरेशकुमार सिंहको प्रश्न : सामाजिक सद्भाव खलबलियो भने हामी कहाँ पुग्छौं ?



काठमाडौं, १ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्र अहिले गम्भीर संकटमा परेको दाबी गरेका छन् । उनले भने,‘आज देशमा एकातिर राजनीतिक संकट छ, अर्कोतिर सामाजिक र आर्थिक संकट छ । सुरक्षाको पनि संकट छ ।’

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशमा साम्प्रादायिक हिंसा फैलाउन खोजिएको भन्दै सरकारले यसप्रति विशेष गम्भीरता देखाउनुपर्ने बताए । उनले मधेशको सामाजिक सद्भाव पनि खलबलाउन खोजिएको भन्दै एकीकृत सुरक्षा प्रणाली अपनाएर त्यस्ता गलत तत्वलाई तह लगाउनुपर्नेमा जोड दिए ।

प्रधानसेनापति प्रभुराम शर्माले राज्यको सुरक्षा खतरामा रहेको भनेर भनेको उल्लेख गर्दै त्यसप्रति सबै गम्भीर हुनुपर्ने सिंहको भनाई छ । उनले विदेशीको ईशारामा देशलाई खोक्रो बनाउने काम अब स्विकार्य नरहेको बताए । सिंहले देशमा सामाजिक सद्भाव खलबलियो भने कहाँ पुगिन्छ ? भनेर प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्