Logo

प्रधानमन्त्री प्रश्नबाट भागेको प्रदीप पौडेलको आरोप, रविलाई गृहमन्त्री बनाईएकोमा आपत्ति (भिडिओसहित)



काठमाडौं, २ चैत्र । नेपाली कांग्रेसकाका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुले गरेको प्रश्नको सामना गर्नुको साटो भागेर हिँडेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘प्रमुख प्रतिपक्षले केही दिनयता प्रश्नहरु सोधिरहेको छ, तर प्रधानमन्त्री प्रश्नबाट भागेर हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको यस विषयमा डबल स्ट्याण्डर्ड देखियो । अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनुभएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट राजनीतिमा आउनुभएको हो । राजनीतिमा प्रश्न गर्नमात्र पाउनुपर्छ, आफ्नाविरुद्ध प्रश्न उठाउन पाईँदैन र प्रश्नहरु निषेध गर्नुपर्छ भनेर भन्न मिल्दैन् । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैन थियो । सम्माननीय प्रधानमन्त्रीले प्रश्न बोकेको मान्छेलाई गृहमन्त्री बनाउनुहुँदैन् थियो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot