Logo

सदनमा सांसदको प्रश्न: स्थानीय तहले मनपरी कानून बनाउने भए हाम्रो औचित्य के ?



काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले स्थानीय तहले मनपरी कानून बनाएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद्को महिला, बालवालिका तथा सामाजिक समितिका सभापतिसमेत रहेका साहले संविधानमा भएका त्रुटिको फाइंदा लिँदै स्थानीय तहले मनपरी गरिरहेका बताए ।

सांसद साहले ७५३ वटै स्थानीय तहले आफूखुसी कानुन बनाउँदै जाने हो भने संघीय सांसद्को औचित्य के भन्दै प्रश्समेत गरेका छन् । ‘७५३ वटा पालिकाले आफैं कानुन बनाउँदै हिँड्ने हो भने हामी संघीय सांसदहरूको के औचित्य?’, उनले प्रश्न उठाए, ‘प्रदेश सरकारले प्रहरी राख्न नपाउने तर पालिकाहरूले नगर प्रहरी राख्दै जनता कुट्न पाउने? यो कहाँसम्मको अराजकता हो?’



प्रतिक्रिया दिनुहोस्