काठमाडौं, ३ चैत्र । नेपाल समाजवादी पार्टी फुटेको छ । अध्यक्षद्धय बाबुराम भट्टराई र महिन्द्र राय यादवबीचको टकराबको कारण पार्टी फुटेको हो । यादव पक्षले भने माओवादी केन्द्रसँग एकता गरिसकेको छ ।
आज (शनिबार) यादव पक्षले भने माओवादीसँग एकताको सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । पार्टी एकताको सहमतिपत्रमा भने माओवादीबाट महासचिव देव गुरुङ र नेसपाको महिन्द्र यादव पक्षबाट रमेश यादवले हस्ताक्षर गरेका छन् ।
आफूहरुले बृहत्त कम्युनिष्ट पार्टी निर्माणको लागि माओवादीसँग एकता गरेको महिन्द्र यादवले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo