Logo

चन्द्रिकाको हत्यापछि प्रेमी शिवशङ्करले गरे आत्महत्या



काठमाडौं, चैत ५। तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन् । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्याका आरोपी शिवशङ्कर दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् ।

चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। नर्स चन्द्र कुमारी विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो । सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीको अनुसन्धानले मृतक दासका दुईजना प्रेमी रहेको खुलाएको छ । झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो । चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल आएर फागुन २९ विराटनगर पुगेका थिए । विराटनगर पुगेको त्यो रात उनी चन्द्रिकाकै डेरामा बसेका थिए । डेरामा बस्दा ‘चन्द्रिकाकुमारीले अर्कैसँग प्रेममा रहेको बताएपछि उनको हत्या भएको अनुसन्धानले खुलाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot