Logo

सिआईबीले बयान लिन लागेको बेलामा विनोद चौधरीले मुख खोले : बाँसबारी छालाजुत्ता जग्गासँग मेरो सरोकार छैन्



काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गासँग आफ्नो सरोकार नभएको बताएका छन् । सिआईबीले उनीसँग बयान लिन लागेको बेलामा यस्तो भनाई आएको हो । नेपालका एकमात्र डलर अर्वपतिसमेत रहेका सांसद चौधरीले निजीकरण सम्बन्धी तत्कालीन कानुन बमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको दाबी गरे ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै उनले यो विषयमा समेत प्रष्ट पारेका हुन् । उनले नितान्त आर्थिक विषय राजनीतिक विषय बन्नु दुःखलाग्लो भएको टिप्पणी गरे । file photo



प्रतिक्रिया दिनुहोस्