Logo

महरा पक्राउ परेपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं, चैत ६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले बिहान बिहान ८ बजेदेखि पदाधिकारी बैठक बस्न लागेको जानकारी दिए।

अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हो । बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्