काठमाडौं, ६ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, सभामुख देवराज घिमिरेले आजको बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका छन् ।
उनीहरुको अवरोधपछि सभामुख घिमिरेले कांग्रेस सांसद दिपक गिरीलाई आफ्नो धारणा राख्न दिएका छ्न । सांसद गिरीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध उजुरी परेकोले तत्काल गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरे ।
लामिछानेको विषयमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा दिनुपर्नेमा मिडियामा बोल्दै हिँडेर सदनको अपमान गरेको पनि उनको आरोप छ ।