Logo

संसद्मा प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता : यदि अनुसन्धानबाट केही कैफियत देखिए रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्दैन्



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्रकरणमा यदि अनुसन्धानबाट केही कैफियत देखिए उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले पनि रोक्न नसक्ने बताएका छन् । यद्धपी उनले सहकारी प्रकरणमा रवि लामिछानेको कहीँ कतै पनि संलग्नता नदेखिएको भनेर आफूलाई प्रहरीबाट ब्रिफिङ भएको दाबी गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । नेपाली कांग्रेसजस्तो पूरानो र संसदीय अभ्यासमा पोख्त दलले नै कुरा उठाएपछि आफूले यो विषयमा गहिरोगरि अध्ययन गरेको स्मरण गराउँदै आफूले सुशासनको सवालमा कहिल्यैपनि सम्झौता नगर्ने विश्वास दिलाए । उनले भने,‘भ्रष्टाचार, सुन तस्करी र जग्गा हिनामिना काण्डको छानबिन भैरहेको छ । यसलाई प्रूभावकारी रुपमा अघि बढाएको तथ्य देखिरहनुभएको छ, मैले कसैलाई काखा र पाखा गरेको छैन् । हालैको सबै घट्नाक्रमले त्यो पुष्टि गरेको छ ।

रवि लामिछानेको विषयमा उठेको विषयमा बोल्दै उनले लामिछाने सहकारी सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचराी लगायत कुनै भूमिकामा नरहेको स्पष्ट पारे । उनले भने,‘उहाँ अदालतको विषयमा पनि जोडिएको देखिएको छैन् । सूर्यदर्शन सहकारीका पीडितहरुले दिएको जोहरीमा कसैको नाम किटेको थिएन । १९ जनालाई प्रतिवादी तथ्य स्पष्ट छ । जुन कुरा अदालतमा विचाराधिन छ । १९ मध्ये ४ जना पक्राउ परेका छन् । माघ १६ गते पूरक जाहेरी दिईएको थियो, रवि लामिछानेलाई समेत जाहेरी दिईएको थियो । तर, उक्त जाहेरीमा उहाँ कुनै हिनामिनामा संलग्न भएको प्रमाण पेश भएको छैन् । प्रहरीले कानूनबमोजिम गरेको छ ।’ प्रधानमन्त्री दाहालले लामिछानेको नाममा प्रवाह भएको ऋण पनि फस्र्यौट भैसकेको दाबी गरे ।

https://youtu.be/zwbGoLxO5Ao



प्रतिक्रिया दिनुहोस्

Screenshot