काठमाडौं, ६ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले सुशासन कायम गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
उनले राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नको लागि नभएको भन्दै दलहरु अब निर्मम ढंगले अघि बढ्नुपर्ने धारणा राखे । विश्व सामाजिक दिवसको अवसरमा जिपी कोइराला मेमोरियल (कम्युनिटी) कलेजले आज (मंगलबार) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘देशमा सुशासन चाहिन्छ, समृद्धि र विकास चाहिन्छ । त्यसको लागि हामी सबै एक भएर जानुपर्छ ।’ उनले राजनीति भनेको सेवाको लागि भएको भन्दै भ्रष्टाचारको लागि नभएको टिप्पणी गरे । उनले राजनीतिलाई मागी खाने भाँडो नबनाउनपनि अपिल गरे । उनले अब देशलाई दुरदर्शी राजनेता खोजेको आवश्यकत्ता औंल्याए । उनले देश बनाउनको लागि तामझाम र भाषणले काम नगर्ने पनि जिकिर गरे ।