काठमाडौं, चैत ७ । नेकपा (एमाले) डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन् । एमाले डडेल्धुरा संयोजक रहेका शाही नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । उपाध्यक्ष दुर्गा गिरी, सचिव शिद्धराज भट्ट, उपसचिव प्रकाश बोहरा र समावेशी उपसचिवमा इन्द्रा ताम्राकार चयन भएको स्रोतले बताएको छ । अध्यक्ष शाही गन्यापधुरा गाउँपालिका-३ सकायलका हुन् । शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन् ।