Logo

अब देश बिग्रिन नदिने अठोट गरौं : सांसद सिंह



काठमाडौं, ७ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अब देश बिग्रिन नदिने अठोट गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सिंहले आजसम्म देश बिग्रिएकोले अब देश बिग्रिन नदिन अठोट गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने,‘आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरु छन् । उनीहरुको क्षेत्रमा २ अर्ब ४ अर्ब बजेट जान्छ । त्यसले देश विकास हुन सकेन । नेतालाई गाली गर्न उभिएको होइन । हामीले एउटा अठोट गरौं । आजसम्म देश बिग्रियो अब देश बिग्रिन नदिने ।’

उनले कानूनी शासनको मान्यता स्थापित हुनुपर्ने र बजेट आवश्यकताको आधारमा विनियोजन हुनुपर्नेमा जोड दिए । उनले थपे,‘परियोजना बैंकको आधारमा बजेट विनियोजन गरौं । ठूलो नेताको आधारमा २ अर्ब बजेट राख्नै पर्यो । अहिलेसम्म देश पछाडि पर्नुको कारण अहिलेसम्म उचित ठाउँमा लगानी भएन । लगानीको प्रतिफल आउन सकेन ।’

सिंहले दिन प्रतिदिन सरकारमाथि नेपालीहरुको विश्वास गुमेको पनि दाबी गरे । उनले अहिलेको बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने थियो भन्ने धारणा राखेका छन् । उनले भने,‘त्यो प्रतिफल आउन सकेको छैन । कृषिको प्रतिफल आउन सकेको छैन । त्यो विचौलीयालाई हुन्छ । कृषिमा एनजीको आवश्यकता छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot