Logo

पर्यटन प्रवर्द्धन र वैदेशिक लगानी भित्र्याउन पहल गर्छु : धनबहादुर सार्की



काठमाडौं, ७ चैत्र । संस्कृति, पर्यटन तथा नगारिक उड्ययन मन्त्रालयले विभिन्न देशमा पर्यटन प्रवद्र्धकहरु नियुक्त गरेको छ । आज (बुधबार) मन्त्रालयमा एक कार्यक्रमबीच पर्यटनमन्त्री हितबहादुर तामाङले प्रवद्र्धकहरुलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।

फागुन १३ गते पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यविधि २०७९ को दफा ३ बमोजिम मन्त्रीस्तरीय निर्णय गरेर प्रवद्र्धकहरु नियुक्ती गरिएको थियो । नवनियुक्त पर्यटन दुतहरुले नियुक्ती लिँदै नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाएका थिए ।

लामो समयदेखी बेलायतमा काम गरिरहेका धनबहादुर सार्कीले सरकारलाई धन्यवाद दिँदै पर्यटन प्रवद्र्धन र वैदेशिक लगानी भित्र्याउन आफ्नो दुई वर्षे कार्यकाल महत्वपुर्ण हुने बताए । उनले एनआरएनएहरुलाई नेपालमा लगानी गर्न उचित वातावरण बनाउनसमेत सरकारसमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्