Logo

रवि लामिछानेले राजनीतिक स्टन्ट गरेको विनोद चौधरीको आरोप



काठमाडौं, ८ चैत्र । बाँसबारी छाला–जुक्ता कारखानाको जग्गा हडेपेको आरोपमा सिआईबीको रोहबरमा सरकारी वकिलको कार्यालयमा बयान दिएका कांग्रेस नेता तथा उद्योगपति विनोद चौधरीले राजनीतिक स्टन्ट गर्नेलाई बुझाउन नपर्ने टिप्पणी गरेका छन् । चौधरकिो टिप्पणी गृहमन्त्री रवि लामिछानेलक्षित हो । बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले भनेका थिए,‘४५ वर्षको उद्यमको यात्राको आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन। त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई।’

नेपालका एकमात्र डलर अर्वपति रहेका चौधरीले अहिले कठिन आर्थिक परिस्थितिबाट मुलुक गुज्रिइरहेको बेला उद्यमीहरूबीच कस्तो सन्देश जाने भन्दै प्रश्न गरे । उनले भने,‘यो बेलामा मजत्तिको मानिसले यो कुरा भनिरहँदा नेपालभरि रहेका र विश्वभरि रहेका, नेपालका युवा, उद्योगी र करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने हो ।’

सरकारबाट हुने यसप्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमी र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाई छ । उनले भने,‘राजनीति गर्न आफ्ना फोरम छन्, त्यसका आफ्ना तरिका छन्। म पनि नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुँ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्