Logo

प्रचण्ड भेट्न सिंहदरबार छिरे ओली



काठमाडौं, ९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार छिरेका छन् । ओली केही समयअघि सिंहदरबार छिरेका हुन् । अहिले उनीहरुबीच छलफल जारी रहेको छ ।

प्रचण्ड–ओलीबीचको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भइरहेको बताइएको छ । साथै, एमालेलाई समाजवादी मोर्चामा ल्याउनेबारे पनि व्यापक चर्चा भइरहेको छ ।

आज विहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई मोर्चामा ल्याउन पहल गर्ने निर्णय गरेको थियो । साथै, आजको भेटमा हालै विघटन भएको राष्ट्रिय भूमि आयोग गठनका बारेमा पनि छलफल हुने बताइएको छ । एमालेले भूमि आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई पठाउने चर्चासमेत सुरु भएको छ । नेकपाको सरकार हुँदा उक्त आयोगको अध्यक्ष ज्ञवाली नै थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot